काठमाडौं, २५ कात्तिक । पटक पटक अस्वीकार गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज अदालतको तारेख बुझेका छन् ।
अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार प्रमुख कार्कीको न्यायीक निलम्बन र उनको सेवा सुविधा खोस्नुपर्ने अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।
म्याद तामेलीमा अवरोध र्पुयाएको मुद्दामा गत मंगलबार सर्वोच्चले अख्तियारका निलम्बित प्रमुख कार्कीलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।