रुपन्देही, २५ कार्तिक । विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् ।
चक्काजाम गर्ने क्रममा आज पार्टीका जिल्ला सेक्रेटरी सरद वलीसहित २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । बुटवलको पुष्पलाल पार्कबाट पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।