कावासोती, २५ कार्तिक । एसएलसी परीक्षामा गतवर्ष सामुदायिक विद्यालयबाट जिल्ला प्रथम हुन सफल कावासोतीस्थित शिव उच्च माध्यमिक विद्यालयले सीसीटीभी क्यामेरा जडान गरेको छ । विद्यालयको अध्ययन अध्यापनलाई व्यवस्थित गर्न सो उमाविले सीसीटीभी क्यामेरा जडान गरी शिक्षक र विद्यार्थीको निगरानी थालेको हो ।
गतवर्ष विद्यालयले उत्कृष्ट नतीजा प्राप्त गर्नुमा प्रविधिको ठूलो भूमिका रहेको कँडेलले बताए । विद्यालय गतवर्ष ९१ प्रतिशत नतीजा ल्याउन सफल रह्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयमा असुरक्षा देखिएसँगै सुरक्षाका लागि आफ्नो विद्यालयमा सीसीटीभी क्यामेरा जडान गरेको बताएका छन् । ‘जिल्लाका विद्यालयमा हुने अनुचित दण्डसजाय, अपहरण र छात्रामाथि हुने दुव्र्यवहारका घटना रोक्न सीसीटीभी क्यामेरा जडान गरेका हौं ।’