पाँचथर, २५ कार्तिक । राप्रपा र राप्रपा नेपालबीच एकता हुने हल्ला चलेको धेरै समय भइसक्यो । तर अहिलेसम्म एकता हुन सकेको छैन । यसैवेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टी र राप्रपा नेपालबीच छिट्टै नै एकता हुने बताएका छन् ।
हिन्दु राज्यको एजेण्डा बाकेको राप्रपा नेपाल र यसबारे अस्पष्ट राप्रपाबीच हिन्दुको एजेण्डामा सहमति हुँदै एकता प्रक्रिया अघि बढाइएको थियो । राप्रपा अध्यक्ष राणाले मधेशी, आदिवासी जनजातिका मागहरुलाई सम्वोधन गर्दै आफुहरु मुलकलाई हिन्दू राज्य बनाउनेतर्फ लाग्ने बताए ।