काठमाडौं, २४ कार्तिक । ४५ औै अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । आज बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् ।
ट्रम्पको जितसँगै अहिले हजारौं उनका समर्थकले खुशीयाली मनाइरहेका छन् । राष्ट्रपतिका लागि हिजो मतदान भएको थियो भने रातिदेखि नै मतगनन शुरु भएको थियो ।