कञ्चनपुर, २४ कार्तिक । कञ्चनपुरको झलारीपिपलाडी– ११ कलुवापुरमा बुधकार बिहान स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा १७ विद्यार्थी घाइते भएका छन् । झलारी बजारमा रहेको चन्द्रसूर्य बोर्डिङ स्कुलको म १ ख ६०७ नं को स्कुल बस कलुवापुरमा ट्रिपरलाई साइड दिने क्रममा दुर्घटना भएको हो ।