काठमाडौं, २४ कार्तिक नेपाल विद्युत प्रधिकरणको कार्यालय रत्नपार्कमा एमाले निकट कर्मचारी संगठनका समर्थकहरुले गरेको कुटपिटबाट सवारी चालक पूर्णबहादर शाही घाइते भएका छन् ।
कुटपिटबाट घाइते शाही
सहलेखापालको मौखिक परिक्षा रोक्ने उदेश्यसहिथ प्राधिकरण कार्यालय घेराउ गरेका एमाले र कांग्रेस समर्थक कर्मचारीहरुले घेराउ हेर्न आएका चालक शाहीलाई ‘सुराकी’ भन्दै कुटपिट गरेका हुन् ।
प्राधिकरणमा २० जना सहलेखापालका लागी अन्तर्वार्ताको हुने तय थियो । कुटपिटका कारण अन्तर्वार्ता रोकिएको प्रधिकरणले बताएका छ । कर्मचारीहरुका अनुसार एमाले निकट कर्मचारी संगठनका महासचिव भुमिनन्द अर्यालले स्वंयमले शाहीमाथि कुटपिट गरेका थिए । अर्यालमाथि फौजदारी मुद्दा चलाउन कर्मचारीहरुले माग गरेका छन् ।