इन्द्रेणी संवाददाता
दाङ, २४ कार्तिक । अब दाङमा पनि महिला उद्यामीहरुमा सरकारले सस्तो व्याजदरमा ऋण लगानी गर्ने भएको छ । सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत ६ प्रतिशत व्याजमा महिला उद्यामीहरुमा ऋण लगानी गर्न लागेको हो ।
उनका अनुसार ऋण लिनका लागि घरेलु कार्यालयमा आवेदन दिनका लागि यही कार्तिक मसान्तसम्म मात्रै समय रहेको छ । कतिलाई लगानी गर्ने एकीन संख्या नतोकिएकाले जति उद्यमीले पनि कार्यालयमा आएर ऋणको आवेदन दर्ता गर्न सक्ने घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । पहिलो चरणमा पाँच वर्षका लागि ऋण लगानी गर्ने र त्यपछिका वर्षहरुमा दुई÷दुई वर्षका लागि ऋण लगानी गर्ने छ ।
घरेलु तथा साना उद्योगले वर्षेनी सयौं मिहला उद्यमीहरुलाई उद्यमशीता तालिम दिने गरेको तर आर्थिक अभावकै कारण उनीहरुले आफ्नो उद्यमशिलता अगाडी बढाउन नसक्ने गरेको घरेलु तथा साना उद्योगका उद्योग अधिकृत उमबहादुर वलीले बताए । तर, अब उद्योग मन्त्रालयको सम्झौतामा वाणिज्य बैंकले सस्तो व्याजमा ऋण लगानी गर्न लागेकोले यसले त्यस्ता महिला उद्यमीहरुलाई उद्यमी बन्न सहयोग गर्ने उनले बताए ।
‘हामीले वर्षौ कति महिलाहरुलाई उद्यमी बनाउने उदेश्यका साथ विभिन्न सिपमूलक तालिम दिन्छौं, तर यहाँबाट तालिम गरेर गएपछि धेरैले आर्थिक अभावकै कारण तालिमको प्रमाणपत्र वाकसमा थन्क्याउन वाध्य छन्’, वलीले भने, ‘यो सस्तो व्याज दरमा ऋण लगानीले अब त्यस्तो समस्यालाई धेरै समाधान गर्न सक्छ भन्ने लागेको छ ।’