कालिकोट, २४ कार्तिक । आवश्यकताअनुसार पुल नहँुदा कालिकोटका स्थानीयहरु तुइन चढ्न वाध्य भएका छन् ।
जिल्लाबाट हुम्ला कर्णाली र तिला कर्णाली बग्ने वारपार बस्ती भएका कारणले यी दुई नदीमा झोलुंगे पुलको माग भए पनि बन्न नसकेको प्राविधिक न्यौपानेले बताए । जिल्लामा मागअनुसार झोलुंगे पुल निर्माण हुन नसक्दा तुइन विस्थापित हुन सकेको छैन । न्यून बजेट आउने गरेकाले मागअनुसार झोलुंगे पुल बन्न नसकेको हो ।