काठमाडौं, २४ कात्तिक । भारत सरकारले पाँच सय र एक हजारका भारतीय रुपैयाँका नोट परिवर्तन गरेको छ । मंगलबार मध्यरातिदेखि पुराना नोट अवैध भएका छन् ।
घोषणापछि ५ सय दरका १६ खर्ब ५० अर्ब रुपैयाँ र १ हजारका ६ खर्ब ७० अर्ब रुपैयाँबराबरका नोट फिर्ता हुने विश्वास गरिएको छ । पाँच सय र हजारका नोट ३० डिसेम्बरसम्म विनाकुनै शुल्क बैंक तथा हुलाक कार्यालयहरूमा जम्मा गर्न सकिने र त्यसबराबरका पैसा लिन सकिनेछ ।
यो कार्य कुनै पनि हालतमा स्वीकार्य छैन,’ मोदीले भने । सर्वसाधारणको निश्चित पैसा बैंकहरुबाट साटिने भए पनि भ्रष्टाचार गरेर लुकाएको पैसा साट्न अब कठीन हुनेछ । ठूलो रकम बोकेर बैंकमा जानहरुमाथि सरकारले अनुसन्धान गर्ने हुँदा लुकाएको पैसा सडेर जाने विज्ञहरुको विश्लेषण छ । त्यस्तै, अहिलेसम्म छापिइसकेको नक्कली नोट पनि अब कारोबारमा आउन सक्ने छैन ।
तर, तत्कालका लागि दिनमा ४ हजार रुपैयाँ मात्र बैंकबाट निकाल्न सकिने भएकाले सर्वसाधारणले सास्ती पाउने भएका छन् । यसले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफूसँग भएका नोटहरू नसाटिने आशंकासमेत सर्वसाधारणले गरेका छन् । मोदीको घोषणासँग मंगलबार साँझबाटै पसल तथा रेस्टुरेन्टहरूले ती नोट लिन छाडेपछि सर्वसाधारणलाई समस्या शुरु भएको छ । तर, प्रधानमन्त्री मोदीले भने वैध पैसा सुरक्षित रहनेमा ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।