काठमाडौँः नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि तथा स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयनमा ढिलाइ भएकामा आपत्ति जनाएको छ ।
बैठकले सञ्चार प्रतिष्ठानमा अनुगमनको लागि महासङ्घले थप अग्रसरता लिने निर्णय गरेको महासचिव उजिर मगरले जानकारी दिए । त्यस्तै आमसञ्चार नीतिको कार्यान्वयन, आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन, विज्ञापनको समानुपातिक वितरण, ज्येष्ठ पत्रकार सम्मानलगायत विषयको कार्यान्वयनमा उदासिनता देखाइएकामा असन्तुष्टि जनाएको छ ।
महासङ्घले दुर्घटना बिमाको नवीकरण गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले विगतमा बिमा गरेका तथा नगरेका इच्छुक सबै पत्रकारलाई चाँडो विवरण पठाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।