दीपबहादुर घर्ती
जाजरकोट, २४ कार्तिक । सदरमुकाम खलंगा बजारको माग अनुसार बेमौषमी तरकारी खेति गर्ने जिल्लाकै पहिलो किसान उदयराम भण्डारी हुन् । भेरीमालिका नगरपालीका–२ रिसाङको च्याउमुरामा उदयराम भण्डारीले व्यवसायिक रुपमा बेमौषमी तरकारी खेति गर्दै आएका छन् ।
चिचिन्ना, भिण्डी, भण्टा, टमाटर, काउली, वन्दा, आलु, भिडेखुर्सानी लगाएतका आफुले गरेको बेमौषमी तरकारी खेतीले नै खलंगा बजारमा माग बढ्दै गएको उदयरामले वताए । आफुले एक बर्ष पहिला गरेको तरकारी खेतिको सिको अन्य कृषकहरुले एक बर्ष पछि गर्दै आएको भण्डारीको दावी छ ।
बोट हेर्दा नै हेरिरौं लाग्ने, बारीमा झपक्क भएको कार्नेट जातको आलुमा हल्का डियपि, युरिया मल र भिटामिन प्रयोग गर्ने गरेको भण्डारीले वताए । खैन आलुको खेति गार्दै आएका भण्डारीले पाँचकाटियामा उत्पादित आलुको बीउ प्रयोग गर्दै आएको वताए । पाँचकाटियामा उत्पादित आलुको बीउ निरोगि र धेरै फल्ने भण्डारीको भनाई रहेको छ । तराईमा उत्पादित कार्नेट जातको आलुको बीउमा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने भण्डारीको भनाई रहेको छ । ६ बर्ष देखि बेमौषमी तरकारी खेति गर्दै आएका भण्डारीले हाल सम्म कुनै सरकारी अनुदान नपाएको वताए ।