दाङ, २३ कार्तिक । सौडियार ७ डबरगाँउका स्थानीयबासीहरुसँग सांसद राजु खनालले भेटघाट गर्नुभएको छ । सांसद खनालको उपस्थितिमा स्थानीय विकास निर्माण अवलोकन एवं छलफल कार्यक्रम भएको हो ।
प्रवेशीहरुलाई सांसद खनालले सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय सचिव बद्रि खडका, क्षेत्रीय सदस्य रेखबहादुर वली, तरुण दलका जिल्ला सदस्य विरबहादुर खत्री (विरु) लगायतले नवप्रवेशीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।