वासिङ्गटन, २३ कार्तिक । अमेरिकाको राष्ट्रपतिको चुनावका लागि पृथ्वीबाट चार सय किलोमिटर टाढाबाट पहिलो मत खसेको छ । अमेरिकन अन्तरक्षीए एजेन्सी नासाका अन्तरीक्षयात्री शेन किम्ब्राउजले अन्तरराष्ट्रिय अन्तरीक्ष स्टेशन (आईएसएस) बाट आफ्नो भोट हालेका हुन् ।
समाचार अनुसार नासाका धेरैजसो अन्तरीक्षयात्री ह्युस्टन इलाकाका रहेका छन् । सन् ९१९७ मा अन्तरीक्षबाट भोट गर्ने पहिलो अमेरिकी अन्तरीक्षयात्री डेभिड वोल्फ रहेका थिए । उनले रूसी अन्तरीक्ष स्टेशन मीरबाट भोट हालेका थिए । तर वोल्फले यो भोट स्थानीयस्तरको निर्वाचनमा हालेका थिए । चुनावमा सर्वेक्षणमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्दामा छन् ।