Indrenionline.com

नेपाली दुताबास मलेसियाले बृहत् अन्तरक्रिया गर्दै

विपेन उलङगे
क्वालालम्पुर, २३ कार्तिक । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यही नोभेम्बर १३ आईतबारका दिन दुतावासको कार्यालय कोताराय जलान आम्पाङमा कार्यक्रम हुदैछ ।

समसामयिक जटिलता र समस्याहरुको बारेमा छलफल गर्ने हेतुले मलेसिया स्थित श्रमिक , नेपाली संघ, संस्था , पत्रकार , बिध्यार्थी ,ब्यापारि लगायतको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा उपस्थित भईदिन अनुरोध गर्दै दुतावासले निमन्त्रणा पत्र जारि गरेको छ । लामो समय देखि दुतावास र मलेसिया स्थित श्रमिक ,संघ सस्था बिच खासै कुनै औपचारिक छलफल नभईरहेको बेला यसले सकरात्क पहल खेल्नेमा बिश्वास लिन सकिन्छ ।