
हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनीहरुले असन्तुष्टि भएको धारणा ब्यक्र गरेका हुन् । नेपाली काङग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दाङमा १० स्थानिय सरकार बनाउने भनि गरिएको प्रस्ताब कुनै पनि हालतमा मान्ने नहुने बताएका छन ।
असन्तुष्ट दलहरुले दाङमा १३ वटा सम्म स्थानिय सरकार बनाउन सकिने बाटो हुदा पनि १० वटा प्रस्ताब गर्नु जनतालाई सुबिधा दिन नभई दुख दिन गरिएको षडेन्त्र भएको बताए । उनिहरुले दाङमा १३ वटा स्थानीय सरकार हुनुपर्ने आफ्नो अडान रहेको र यसो भएमा मात्र दाङ बासीले सजिलै राज्यको सेवा सुबिधा लिन सक्ने धारणा राखेका छन् ।
पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष क्षेत्रबहादुर बस्नेत,राप्रपाका बंशीकुमार शर्मा,अखण्ड नेपाल पार्टीका केन्द्रीय सलस्य सुमन थापा,तराई मधेस सदभाबना पार्टीका ओम प्रकाश गुप्ता,संघीय लोकतान्त्रीक राष्ट्रीय मञ्का प्रान्तिय केन्द्रीय अध्यक्ष शरण थारु,सामाजि लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष तिलबहादुर पुन लगाएतको सहभागीता रहेको थियो ।