Indrenionline.com

थोरै इकाई , धेरै बिकास : नागरिक समाज

tikaram-regmiदिपक बोहरा /तुलसीपुर २३ कात्तिक ।  नागरिक समाजका संयोजक टिकाराम रेग्मीले थोरै ईकाई भए बिकास छिटो गर्न सकिने बताउनुभएको छ । रेग्मीले स्थानिय निकाय जति कम भए उत्ति बजेट बढि हुने र बिकास गर्न पनि सहज हुने उहाँले तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘ धेरै स्थानिय निकाय बनाएर बिकास धेरै हुने होईन्, थोरै स्थानिय निकाय बनाउने हो भने बजेट पनि ठुलो हुन्छ र बिकास गर्न पनि सहज हुन्छ । ’ अन्यथा बिकास गर्न भनी आएको बजेटले आधा मात्रै काम हुने उहाँको भनाई छ । उहाँका अनुसार कम प्रशासनिक खर्चमा धेरै बिकास गर्न सकिन्छ ।

उहाँले बिकास र प्रबिधि तथा स्रोत साधनको आधारमा स्थानिय तहको पुनर्संरचना गर्नुपर्नेमा राजनीतिक आधारमा गरिनु दुखद पक्ष भएको उहाँले बताउनुभयो । । उहाँले भन्नुभयो ‘ स्थानिय स्रोत साधान , बिकास कस्तो छ, त्यो नबुझेर राजनीतिक दलले आफैले स्थानिय तह पुनर्सरचना गर्नु दुखद हो । ’ स्थानिय तह बनाउँदा राजनीतिक दलले आ–आफ्नो बर्चश्व कायम गर्न खोजेको उहाँले बताउनुभयो ।

उहाँले अहिलेको १० इकाईमा पनि आफु सहमत भएको उनले तर्क गर्नुभयो । उहाँले भन्नुभयो ‘ दुई उपमहानगरपालिका , एक नगरपालिका र ७ गाउपालिका अहिलेको संरचनामा म सहमत छु । ’

जिल्ला प्राबिधिक समितिले दश ईकाई आयोगमा पठाएसंगै असन्तुष्टि बनेका क्षेत्रका नागरिक तर्फ ईकित गर्दै उहाँँले भन्नुभयो ‘ हामीले सिंहदरबार पछि अधिकारहरु वडामा ल्याउदै छौं असन्तुष्टि हुनुको कुनै तुक छैन् । ’ कानुनको सम्पुर्ण अधिकार वडामा आउने भएकाले असन्तुष्टि हुनुपर्ने अबस्था नरहेको उहाँले बताउनुभयो । अधिकासं नागरिकलाई अब सबै सुबिधा वडामै आउछन् भन्ने ज्ञान नहुदा पनि यस्ता असन्तुष्टिका श्वरहरु आएको उहाँको भनाई छ ।

वडा स्तरबाटै सेवा सुबिधा ग्रहन गर्नलाई स्थानिय सरकार आउन लागेको भन्दै उहाँले भन्नुभयो ‘ यस बिषयमा राजनीतिक दल , नागरिक समाज लगायत सचेत नागरिकले ज्ञान दिनुपर्छ । ’ यसैबिच दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकालाई प्राथमिकता दिदै १० स्थानिय तह सहितको प्रस्ताव गर्ने निर्णय गरेको प्रति दाङका सात राजनीतिक दलले असन्तुष्टी जनाएका छन् ।
हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनीहरुले असन्तुष्टि भएको धारणा ब्यक्र गरेका हुन् । नेपाली काङग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दाङमा १० स्थानिय सरकार बनाउने भनि गरिएको प्रस्ताब कुनै पनि हालतमा मान्ने नहुने बताएका छन । असन्तुष्ट दलहरुले दाङमा १३ वटा सम्म स्थानिय सरकार बनाउन सकिने बाटो हुदा पनि १० वटा प्रस्ताब गर्नु जनतालाई सुबिधा दिन नभई दुख दिन गरिएको षडेन्त्र भएको बताए । उनिहरुले दाङमा १३ वटा स्थानीय सरकार हुनुपर्ने आफ्नो अडान रहेको र यसो भएमा मात्र दाङ बासीले सजिलै राज्यको सेवा सुबिधा लिन सक्ने धारणा राखेका छन् ।

पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष क्षेत्रबहादुर बस्नेत,राप्रपाका बंशीकुमार शर्मा,अखण्ड नेपाल पार्टीका केन्द्रीय सलस्य सुमन थापा,तराई मधेस सदभाबना पार्टीका ओम प्रकाश गुप्ता,संघीय लोकतान्त्रीक राष्ट्रीय मञ्का प्रान्तिय केन्द्रीय अध्यक्ष शरण थारु,सामाजि लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष तिलबहादुर पुन लगाएतको सहभागीता रहेको थियो ।।