काठमाडौं , २२ कार्तिक । राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र निरीक्षण गरी समयमै आयोजना सम्पन्न गर्ने प्रधानमन्त्रीको पूर्वघोषणा बमोजिम मंगलबार प्रधानमन्त्रीले पूर्वी क्षेत्रका तीन आयोजनाहरुको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
निरीक्षण एवं अनुगमनका क्रममा प्रधानमन्त्रीले आयोजनाहरुको प्रगति अवस्था, समस्या, चुनौति र सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका बारेमा छलफल र विशेष निर्देशन गर्नुहुनेछ ।