दाङ २२ कार्तिक । स्थानीय तथा पुनसंरचना आयोग जिल्ला प्राविधीक समितिले दाङमा २ उपनगरपालिका सहित १० स्थानीय तह सिफारिस गरेकोप्रति कांग्रेस त्रिपुर नगर समितिले विरोध गर्दै भत्सर्ना गरेको छ ।
यसो गरेमा भौगोलिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक जस्ता विषयमा समायोजना हुने सभापति पाण्डे बताउनुभयो । अहिले गरेकोे प्रस्ताव त्रिपुर नगरपालिकाबासीहरुलाई मान्य नहुने र आफूहरुको मागमा वेवास्ता गरे त्रिपुरबासीहरु कडा आन्दोलन गर्ने उहाँले बताउनुभयो ।