काठमाडौं, २२ कार्तिक । स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन पठाउन दिएको निर्देशन सकिनै लाग्दा अहिले सम्म ३० जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् । आयोगले बाँकी जिल्लालाई छिटो पठाउन समेत निर्देशन दिएको छ । योगले प्रतिवेदन पठाउन दिएको म्याद शनिबार सकिएपनि आजसम्म म्याद दिएको छ ।
बाँकी जिल्लाले केही दिनभित्र नपठाए पुरानै प्रतिवेदनलाई मान्यता दिने आयोगले तयारी गरेको छ ।
आयोगले कार्तिक पहिलो हप्ता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्न पत्राचार गरेको थियो । आयोगले पठाएको पछिल्लो कार्यविधिअनुसार ३० जिल्लाको पुनर्संरचना प्रतिवेदन प्राप्त भएको र बाँकी जिल्लाको आउने क्रम जारी रहेको आयोगले जनाएको छ ।