Indrenionline.com

छिट्टै संविधान संसोधन हुन्छ सभामुख घर्ती

माधव वेल्वासे
चन्द्रौटा, २१ कार्तिक । मधेसीहरुको जायज मागलाई सम्वोधन गर्ने गरि सविधान छिट्टै संसोधन हने सभामुख ओनसरि घर्ति मगरले वताउनु भएको छ ।  कपिलवस्तु चन्द्रौटामा भेटघाट क्रममा संचारकर्मिहरु संगको संक्षिप्त कुराकानीमा उहाले यस्तो बताउनुभएको हो ।

सम्पुर्ण राजनिति दलको सहमतिमा सविधान संसोधन हने वताउनु भयो । नेपालको सविधान उत्कृट भएको तर केहि कुराहरु छुट्न गएकोले त्यस्लाई पनि सम्वोधन गरि सवैको माग पुरा हुने र कोहि आन्दोलनमा उर्तिन नपर्ने धारण राख्नु भयो ।

छट पर्व पछि मधेशि दलहरुले पुन आन्दोलन का कार्यक्रम गर्ने भनेपनि आन्दोलन भन्दा पहिला नै सहमतिमा जोड दिई जाहेज मागलाई सरकारले सम्वोधन गर्ने तयारि गरिरहेको वताउनु भयो । दलहरुले आपसमा सहमति गरेर संविधान सम्सोधन विधेयक सदनमा पेस गर्ने जानकारि गराएको वताउनु भयो ।

सभामुख घर्तीले लोकमान सिंहको महाअभियोगका बिषयमा एक चौथाईले संसदमा दर्ता गराए पछि अहिले प्रक्रिया मै रहेको बताउँदै घर्तीले दलीय सहमति पछि समितीमा पठाउने वताउनु भयो ।

कार्यक्रममा तेस्रो चन्द्रौटा महोत्सवको लागि व्यापार संघ कपिलवस्तुले सभामुख ओनसरि घर्ति मगरलाई प्रमुख अतिथिको रुपमा निमन्त्रण पत्र समेत दिएको छ । देशको साझा व्याक्ति यस जिल्लाका कार्यक्रममा आउनुपर्न माग राखेकोले आउने आश्वसन दिएको व्यापार संघ कपिवस्तुका अध्यक्ष माहादेव पोख्रेलले  वताउनु भयो ।