नेपाल महिला संघ जिल्ला कार्य समिति दाङले दिपावलीको अबसरमा यस वर्ष देउसी भैलो कार्यक्रम खेले वाफत जम्मा भएको रकम सामाजिक कार्यमा लगाउने निर्णय गरेको छ ।
उक्त भैलो कार्यक्रमलाई सफल पार्नका लागी सहयोग गर्नुहुने महिला संघ जिल्ला सचिव लक्ष्मी लम्साल,सहसचिव मन्जु बज्रार्चाय,कर्मचारी यूनियनका सल्लाहाकार बिनोद गौत्म,जिल्ला सदस्य बालिका लम्साल,राप्ती अंञ्चल महिला प्रभारी शारदा पोख्रेल,महिला संघ केन्द्रिय पार्सद कल्पना श्रेष्ठ,महिला संघ जिल्ला सदस्य कृष्णा राना,सरस्वता गौत्म,वार्ड नं ११ महिला संघ अध्यक्ष तुलसा बस्नेत,सदस्य तारा पन्थ,विश्वमाया शाह,नगर सदस्य उषा सुवेदी,महिला संघ ११ का अन्य सदस्यहरुको पनि सहभागिता रहेको नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतले जानकारी दिनुभयको हो ।