एजेन्सी, २१ कार्तिक । पाकिस्तानी सेनाको गोली लागेर आज बिहान एकजना भारतीय सैनिक मारिएका छन् ।
जम्मुकश्मिर पुलिसका अनुसार लाइन अफ कन्ट्रोलमा पुन्छस्थत क्रस(बोर्डर फायरिङ्गमा गोली लागेर ती जवान मारिएका हुन् । १८ सेप्टेम्बरमा कश्मिरको उरीमा १९ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीच तनाव चुलिँदो छ ।