कञ्चनपुर, २१ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा बन्चरो प्रहार गरी एक महिलाको हत्या भएको छ ।
स्थानिय ३५ वर्षीया तुलसी भट्टलाई उनको जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा रहेका बेला जेठाजुले बुहारीको हत्या गरेका हुन् ।