प्यूठान, २१ कार्तिक । यस वर्ष प्युठानमा धान उत्पादन घटेको छ । गत साउनमा आएको बाढीले जिल्लाका विभन्न स्थानमा लगाएको धान खेती वगाउदा उत्पादनमा घटेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।
२ हजार १ सय हेक्टर जमिन क्षेत्रफलमा फैलिएको झिमरुक फाँटसँगै जिल्लाभर ६ हजार ५ सय २५ हेक्टर क्षेफलमा धानखेती हुने गरेको छ । तर, गएको साउनमा झिमरुक नदी क्षेत्रमा २ सय ६ हेक्टर जमिन नदीले कटान एवं डुबान गरेको कृषि कार्यालयले जनाएको छ ।