तुलसीपुर । तुलसीपुरमा क्रियाशील पत्रकारहरुले भैलोबाट संकलित रकम सामाजिक कार्यमा प्रयोग गरेका छन् । सामाजिक कार्यको पहिलो चरणमा उनिहरुले तुलसीपुरको त्रिशेद्धेश्वरी धर्मशालामा ४० हजार रुपैंया बराबरको आठवटा बेडका सेट हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद मियाँले पत्रकारहरुले भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले परम्परा र संस्केतीलाई जोगाउँदै भैलो खेलेर संकलन भएको रकम सबैले सामाजिक कार्यमा लगाउने बताउनुभयो । सांसद मियाँले संबिधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई दवाव दिन समेत पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
बिशिष्ट अतिथी प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष खरालले सधै समाचार लेखेर जनतालाई सुसुचित बनाउने पत्रकारले संस्कृत जोगाउन भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाएर उदारहणीय काम गरेको बताउनुभभयो । त्यसैगरी डीएसपी तिम्सिनाले पत्रकारहरुले धर्मशालालाई सहयोग गरेर सामाजिक रुपमा आफ्नो दायित्व पुरा गरेको बताउनुभयो ।
टोली संयोजक श्रेष्ठले बचेको २० हजार रुपैंया महासंघको राहात कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । उहाँले भोली दिउँसो २ बजे घोराहीस्थित महासंघको कार्यालयमा अध्यक्ष सुदिप गौतमलाई उक्त रकम हस्तान्तरण गर्ने कार्याक्रम रहेकाले सबै पत्रकारलाई सहभागी हुन आग्रह गर्नुभएको छ ।