Indrenionline.com

तरुण दलको विधानसम्मत महाधिवेशन गर्न माग 

tarundal

काठमडौ २१ कात्तिक ।  नेपाल तरुण दल असन्तुष्ट पक्षले कात्तिक २७ देखि २९ गतेसम्म हुने महाधिवेशन विधानसम्मत गर्न माग गरेको छ ।

शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरेर नेता रमेश खरेलले ७५ वटै जिल्लाको अधिवेशन विधिसम्मत् ढङ्गले मात्रै महाधिवेशनमा जानुपर्ने बताए । एकलौटि ढङ्गले महाधिवेशन गर्ने चेष्टा गरिए आफुहरुलाई कुनै हालतमा मान्य नहुने उनको भनाई थियो ।

विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेकोमा उनको आपति थियो ।

नेता विनोद कायस्थले तरुण दल अहिले पनि जनताको आस्थाको केन्द्र भएको जनाउँदै एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले सङ्गठनलाई दीर्घकालीन असर पर्ने बताए ।