
तत्काल समस्याका बारेमा सत्य तत्य छानविन नगरी क्याम्पसलाई अन्योलता तर्फ धकेल्ने काम भए चुप लागेर नवस्ने अनेरास्ववियुले चेतावनी दिएको छ । विभिन्न राजनीतिक आडमा क्यापसमा गलत क्रियाकलापहरु हुने गरको महशुस भएको भन्दै तत्काल आवश्यक छानविन गरि कार्वाही गर्न पनि अनेरास्ववियुले माग गरेको छ । पछिल्लो ३ हप्ता यता प्राध्यापकबीचको बिबाद सतहमा आउँदा क्याम्पस अस्तव्यस्त बनेको छ ।
जिल्ला अध्यक्ष बिरबल खड्काको अध्यक्षता एवं एमाले दाङका सदस्य कृष्णप्रसाद भुसालको प्रमुख आतिथ्यतामा बसेको बैठकले तिहारमा खेलिएको भैलोको समिक्षा पनि गरेको छ । पहिलोपटक खेलिएको भैलोमा केही कमिकमजोरी भएपनि समग्रमा भैलो सफल पार्नका लागि सहयोग गर्ने सबैलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकले संगठनको हित विपरित समाजिक सञ्जालमा जथाभावि नलेख्न तथा नबोल्न आग्रह गरेको छ ।
बैठकमा उपाध्यक्ष सर्जन परियार, सह–सचिवद्धय प्रकाश शर्मा, इन्द्रबहादुर खड्का, अनुशासन विभाग प्रमुख रविन्द्र डाँगी, सास्कृतिक विभाग प्रमुख सविन केसी, जिल्ला सदस्यहरु गोविन्द केसी, चक्रमिलन विश्वकर्मा, दाङ काठमाण्डौ सम्पर्क मञ्चका सदस्य शुसिल खड्का लगाएतले धारणा राखेको प्रचार विभाग प्रमुख बर्षात भण्डारीले जानकारी दिए ।