चितवन , २० कार्तिक । इन्टरनेटमा फोटो भाइरल बनेपछि चर्चामा आएकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको दैनिकी फेरिएको छ । सामाजिक सञ्जालको चर्चाबाट सुरुमा डराएकी उनी नकारात्मक कमेन्टहरुबाट अझै पनि भस्किन्छन् र भन्छिन्- ‘म गाउँकी छोरी हुँ, कृपया नराम्रो कमेन्ट नगरिदिनुहोला ।’
झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको तस्वीर फेसबुकमा पोष्ट भएपछि उनी #Tarkariwali को नाममा चर्चामा आइन् । कुसुम भन्छिन्, सुरुमा त निकै डर लागेको थियो तर, अहिले रामैसँग बोल्छु । फोन आएर हैरान छु । चार्ज सकिएपछि बल्ल आनन्द हुन्छ ।’
इन्टरनेटमा आफ्नो तस्वीर भाइरल भएपछि कुसुमको रहर थपिएको छ, मोडलिङ । निकै लजालु स्वाभावकी उनलाई मोडलिङ तथा फिल्मको अफर पनि आउन थालिसकेको छ । उनले भनिन्, सामाजिक संस्कृतिमा आधारित फिल्म खेल्न तयार छु । अझ तरकारीवालीमा त विशेष रुची छ । यो शीर्षकचाहिँ मलाई उपयुक्त छ ।’
अन्तिममा उनले आफ्नो तस्वीरमा नराम्रो कमेन्ट नगरिदिन सबैलाई आग्रह गर्दै भनिन्,-म पनि गाउँकी छोरी हुँ, कृपया मलाई नराम्रो कमेन्ट नगरिदिनुहोला ।’
अनलाइनखबरबाट
