Indrenionline.com

पिकनिक खाएर फर्किदै गरेको बस दुर्घटना, १८ जना घाइते

कैलाली, २० कार्तिक । कैलालीको चिसापानीबाट पिकनिक खाएर फर्किदै गरेको बस दुर्घटना भएको छ । लम्की चुहा नगरपालिका वडा नंं १ गोरङ्गे व्यारेक नजिकै दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।

चिसापानीबाट फर्किने क्रममा महाकाली यातायातको ना ५ ख ९८३५ नम्बरको बस हिजो साँझ करिब साढे ६ बजेतिर दुर्घटना इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
दुर्घटनामा घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी प्रमुख एवं इन्स्पेक्टर सुजित ओझाले बताए ।
घाइतेहरूको उपचार लम्कीस्थित लालरत्न अस्पतालमा भएको र गम्भिर ६ जनाको उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

लालरत्न अस्पतालले दिएको जानकारी अनुसार कोहलपुर रिफर गरिएकाहरूमा नारायणपुर गाविस वडा नं. ९ बैदीका १६ वर्षीय किसन परियार, १८ वर्षीय तुलसी थापा, २० वर्षीय दलबहादुर गुरूङ्ग, १६ वर्षीय युवराज न्यौपाने, २७ वर्षीय चीनबहादुर अधिकारी र १६ वर्षीय भविसरा साउद रहेका छन् ।