सपना कुवर
जेठ, ३ सल्यान । सल्यानको एक विद्यालयको छाना हावाहुरीले उडाए पछि विद्यालयको पठनपाठनमा अबरोध आएको छ । गत शुक्रबार राती आएको तिब्र गतिको हावा हुरीले कोटबाराको नविन भवानी प्रा. बि. को भवनको छाना उडाएको हो ।
यसले गर्दा बिद्यार्थीको पढाईमा पत्यक्ष असर परेपनी बिद्यालय ब्यबस्थापन समितिले कुनै चासो नराखेको विद्यालयका प्राधानाध्यापक धन बहादुर वली ले बताएका छन।