कलैया, २० कार्तिक । कलैया–६ स्थित कपास उद्योगमा आज बिहान २ बजे विद्युत् चुहावट भएर आगलागी भएको छ । आगलागीबाट करिब २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
यसैगरी बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु पण्डितको घरमा गएराति आगलागी हुँदा करिब एक लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद ३५ हजार, खाद्यान्न, लत्ताकपडा नष्ट भएका छन् ।