काठमाडौं २० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो अपरान्ह भेटवार्ता भएको छ ।
हिजो अपरान्ह शिंहदरवारमा भएको भेटमा प्रधामन्त्रीले नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलवारे जानकारी गराउँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दलहरु एक ठाउँ उभिनुपर्ने प्रस्ताव राख्नु भएको थियो ।