लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनमीमा एक बौद्धभिक्षुले मानसिक सन्तुलन गुमाएकी एक महिला माथि बलात्कार गरि बुद्ध उपदेशको खिल्ली उडाएका छन् ।
पीडितको स्वास्थ्य जाँच पश्चात निज भिक्षुलाई प्रहरी नियन्त्रणमा राखी मुद्दा प्रक्रिया अघि बढाइएको ईप्रका प्रहरी निरीक्षक दिलिपराज झाले जानकारी गराएका छन् ।
पीडित महिलाको श्रीमान् अशक्त छन् । छोराको मृत्यु भएपछि मानसिक सन्तुलन गुमाउन पुगेकी थिइन् । महिलालाई निज भिक्षुले शनिवार आफ्नो कोठामा लागेर करणी गरेका थिए । पछि भारत भाग्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरि मुद्दा प्रक्रिया अघि बढाएको छ ।