Indrenionline.com

न्याय परिषद सदस्यमा वैदिक नियूक्त

padam-baidikतुलसीपुर १९ कात्तिक ।  न्याय परिषदको सदस्यमा दाङ तुलसीपुरका अधिवक्ता पदम प्रसाद वैदिक नियुक्त भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले वैदिकको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आज नियुक्त गरेकी हुन् ।

गत असोज २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सविंधानको धारा २९२ वमोजिम अधिवक्ता वैदिकलाई न्याय परिषद सदस्यमा नियुक्तिका लागि सिफारीस गरेको थियो ।

न्याय परिषद सदस्यमा नियुक्त भएका वैदिक नेपाल वार एशोसियसनका पुर्व केन्द्रिय उपाध्यक्ष समेत हुन् ।