कुसुम बि.क.
बर्दिया,१९ कार्तिक। बर्दियाको शिवपुर गाविसमा जङ्गली हात्तीले दिन दाहाडै आत्तङ्गक मचाउन थालेका छन् । बर्दियाको शिवपुर गाविसका वडा न १,२,४,५ र ६ मा आज राती बर्दिया राष्ट्रिय निकुञ्ज बाट आएका जङ्गली हात्तीले ती वडाहरुमा १३ वटा घरमा क्षति पुराएका छन् । शिवपुर गाविसका ६का मोतिकला थापा , शिव परियार लगाएतका १३ जनाको घरमा क्षति पुराएको स्थानिय पदम खड्काले बताउनुभएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज बाट आएका हात्तीले केहि बर्ष अगाडि दर्जनौ ज्यान गएको छ भने केहि घाइते समेत भएका छ । यसरी हात्तीलाइ गाउमा पस्न नदिन निकुञ्ज वरिपरि करेन्टको तार लगाएनि त्यो तेति प्रभाव कारी नभएको स्थानिय बासी बताउदै आएका छन् । यसरी हात्ती गाउमा आउन थाले पछि आफ्नो जिउ ज्यान नै गाह्रो हुने गोमा खनाले बताउनु भएको छ । यस बिषयमा बर्दिया राष्ट्रिय निकुञ्जले कुनै चासो देखाएको छैन् ।