बिकाश डाँगी
तुलसीपुर,१९ कार्तिक । तुलसीपुरमा कैदी बन्दीहरु, अपाङग, महिलाहरुले उत्पादन गरेको सामान विक्रीका लागि छुट्टै पसल स्थापना गरिएको छ । तुलसीपुरको सितलपुर चौकमा दङगाली सप को सथापना गरिएको हो ।
साथै महराले यस पसलवाट आएको नाफाको ५० प्रतिशत असाहय बालबालिकाहरुलाई सहयोग गर्ने समेत बताउनु भयो अहिले महराले ३९ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री लगाएत आर्थिक सहयोग गर्दै आएको बताउनु भयो ।
शालिकराम शाहुको अध्यक्षतामा भएको उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, तुलसपिुर कारागारका जेलर देवेनद्र श्रेष्ठ, नेपाल अटो ब्यवसायी महासंघका अध्यक्ष यम प्रसाद भुषाल,अल्लो उद्योगका ब्यवस्थापक देब बहादुर पुन लगायतकाले वोल्नु भएको थियो । पसल संचालक गिता थापा स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण आनन्द पुनले गर्नु भएको थियो ।