Indrenionline.com

प्रधानमन्त्री प्रचण्डले दिए मुखर्जीलाई रात्री भोज

k|wfgdGqL k'iksdn bfxfnn] laxLaf/ cfof]hgfdf ug'{ePsf] /flqef]hdf ;xefuL x'g'x'Fb} g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{ . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ – नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गरे ।

राजधानीको द्वारिका होटलमा आयोजना गरिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उपस्थित थिए

सो अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुखर्जीलाई स्वागत गरेका थिए । रात्रिभोजमा भारतका तर्फबाट राष्ट्रपति मुखर्जीको भ्रमण टोलीका उच्च अधिकारीहरु, भारतका लागि नेपालका राजदूत रणजित रायलगायतको उपस्थिति थियो ।