एक लाख ३२ हजार रकम सामाजिक हितमा खर्चने निर्णय भएपनि कुन क्षेत्रमा खर्चने भन्ने अन्तिम निर्णय हुन भने बाँकी नै छ । तर, पत्रकारहरुको आकस्मिक राहत कोष ,तुलसीपुरमा स्थापन भएको धर्मशालामा र पर्यटन बिकासका लागि रकम खर्च गर्ने हो कि भन्ने मोटामोटी कुरा चलेको गोपाल शर्मा भट्टराईले जानकारी दिए । संबिधानका कार्यान्वयनका लागि राजनीतिक नेतृत्वलाई दवाव दिन सांसद देखि यसक्षेत्रका प्रतिष्ठित व्यक्तिको घरमा भैलो खेलिएको थियो ।
पत्रकारहरुलाई धार्मिक , संस्कृतिक , आर्थिक , सामाजिक क्षेत्रको बिकासमा कलम चलाउन प्रेरणा मिलोस भन्ने उदेश्यले भैलो संचालन गरिएको थियो ।
