कुसुम बि क
बर्दिया,१८ कार्तिक । बर्दियाको धधवार गाविसमा बिसादी औषधी खादा २ जनाको ज्यान गएको छ । बर्दियाको धधवार गाविस वडा न ५ बस्ने बष १९ की नगिता चौधरी र बर्ष १८ का बिजय चौधरीले सल्फास नामक बिषादी सेवन गरेको र उनीहरुको बांकेको कोहलपुर स्थित मेडिकल कलेजमा उपचारको क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । तर उनीहरु दुवैले के कारण बिषादी औषधी संगै खाएका हुन भन्ने विषयमा केहि नखुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनु भएको छ ।
मोटरसाइकललाई ठक्कर दिएपछि एम्वुलेन्स एक भाग क्षति ग्रस्त छ ,भने १ टायर काम नलाग्ने अवस्थामा छ । मोटरसाइकल चालक कलेसु थारुको १ खुट्टाको हडडी भाचिएको छ । उनको लखनउमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यलय राजापुरका अनुसार एम्वुलेन्स चालक फालुराम थारुले मदिरा सेवन गरेको अनुसन्धानका क्रममा भेटिएको जनाएको छ ।
एम्वुलेन्सको मर्मत पुःर्नसंचालन र घाइतेको उपचार खर्च वारे विमा कम्पनी सँगको परामर्स तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको बैठकले टुङ्गो लगाउने प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर रुपेश ओडले रेडियो साथीलाई बताउनु भयो । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालयले २०७२ चैत्रमा एम्बुलेन्स उपलद्ध गराएको थियो
