पर्सा -वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका छन् ।
स्टेसनसँगै रहेको नेपाली रेल्वेको जग्गामा व्यापारीको लागि सेड बनाइदिन नेपाल सरकारसँग बिरगन्ज उद्योग बाणिज्य संघले पटपटक आग्रह गरेपनि सुनुवाई नभएको व्यापारीको गुनासो रहेको छ।
तत्कालिन ब्रिटिस सरकारसँग नेपाल सरकारले सन् १९२७ जुन १९ मा सो जग्गा ३१ हजार ७ सय २५ भारतीय रुपैयाँमा खरिद गरी रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल सञ्चालन गरिएको थियो । जुन रेल ३८ वर्षअघि बन्द भएपछि त्यहाँ रहेको नेपाल रेल्वेको जग्गा र भौतिक संरचना भारतीयको आतिक्रमणमा परेको आजको नागरिक दैनिक लाइ रातिपाटीमा खबर छ ।