Indrenionline.com

भञ्जाको चक्कु प्रहारवाट मामा गम्भिर घाईते

दाङ, १८ कात्तिक । तुलसीपुर ६ राजापुरमा आफ्नै भञ्जाको चक्कु प्रहारवाट मामा घाईते भएका छन । आज विहान साढे ६ वजे २२ वर्षिय भाञ्जा गुरु पोख्रेलको चक्कु प्रहारवाट ५० वर्षिय विष्णु प्रसाद भण्डारी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
दुध वेचेर घर फर्कदै गरेका मामालाई भाञ्जा गुरुले चक्कु प्रहार गर्दा घाटी, गाला र हातमा गम्भिर चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

चक्कु प्रहारवाट गम्भिर घाइते भएका विष्णुलाई राप्ति अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि कोहलपुर रिफर गरीएको छ । चक्कु प्रहार गर्ने गुरु पोख्रेल भने फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएके छ । लामो समयदेखीको जग्गा विवादका कारण मामा भञ्जामा रिसीभि रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।।