मलेसिया १८ कार्तिक । मलेसियाकाे एक कम्पनीका श्रमिकहरुले विभिन्न माग राखी कम्पनीमा काम हडताल गरेका छन । मलेसियाको निलाइ स्थीत “डव्लु आर पि एसिया प्यासफिक” ग्यलाेभ कम्पनीमा” कार्यरत नेपाली, बङगाली , भेतनामी, म्यानमार, ईन्डाेनेसिया लगाउतका श्रमीकहरु साेमबार बाट लगातार हडतालमा उत्रीएका हुन ।
सो कम्पनीमा करिव ३ हजार नेपाली पुरुष र महिला सहित ७ हजार आप्रवासी श्रमीक कार्यरत रहेका छन् । श्रमिकको समस्या बारे नेपाली दुताबास मलेसियामा जानकारी भयाेकाे र दुताबासबाट प्रतिनिधिहरुले कम्पनि प्रशासन संग भटेकाे तर श्रमिक संग नभेटकाे त्यहाँ स्थित श्रमिक जि.पि एसके ले हामीलाई जानकारी दिए ।
कम्पनीकाे ज्यादती सहन नसकेर धेरै श्रमिकहरु अबैधानिक भै अन्यत्रै काम गर्ने गरेकाे श्रमिकहरु बताउछन । कम्पनीकाे यस्ताे ज्याददि बारे नेपाल स्थित सम्बन्धित म्यानपावरहरुमा खबर गर्दा पनि कुनै पहल नलिएकाे बरु उल्टै श्रमिकहरु निरन्तर पठाई रहेकाे श्रमिककाे गुनासाे रहेका छ । नेपालबाट थुप्रै म्यानपावर एेजेन्टहरुले यहाँ कामदारहरु पठाई रहेका छन ।