मलेसिया १८ कार्तिक । सरिस्मा मगर जाे नाम अहिलेकाे माेडलिङ दुनियाँमा चलेकाे नाम हाे । यहि नाम अहिले मलेसियामा चर्चामा रहेकाे छ । छाेटे समयमा माेडलिङ, गायिका , नायिकाकाे परिचय बनाउन सफल भएकि सरिस्मा राम्जमली मगर अहिले मलेसियामा दिएकाे स्टेज प्रस्तुतिले दर्शककाे मन जितन सफल रहेकी छिन ।
भरखरै मलेसियामा सम्पन्न फ्रेन्डसिप धमाका नामक साङगितिक कार्यक्रमकाे लागि मलेसिया अाएकि सरिसमाले अाफ्नाे नृत्य कला र गायनबाट दर्शककाे न्यानाे माया पाएकि छिन ।
बाेल्ड,अाईटम , कल्चर नृत्यमा एकसाथ प्राङगत सरिस्माकाे ईनर्जिटिभ डान्सनै दर्शककाे अाकर्षन हाे । मलेसियामा याे भन्दा पहिला पनि अाई सकेकि सरिस्मा दर्शककाे माग बाेमाेजिन फेरि पनि मलेसिया बाेलाएयाेकाे अायाेजक मध्यका एक सन्ताेषले बताए ।
माेडेल सरिस्मा जस्ले सयौं म्युजिक भिडियाे गरि सकेकि छिन भने उनकाे “जवानी चढेर जात्रै भाे ” भन्ने लाेकदाेहिरि भिडियाे दर्शककाे अत्यधिक राेजाईमा रहेकाे छ ।
त्यस्तै केही गितहरु गाई सकेकी सरिस्माले “सुन्तलीलाई भगाई लग्याे झिल्केले ” बाट नायिकाकाे रुपमा फिल्ममा डब्यु लिएकि छिन ।