Indrenionline.com

उपत्यकामा फेरी पेट्रोल हाहाकार

काठमाडौं , १७ कात्तिक । तिहारको विदामा नेपाल आयल निगमले मागअनुसार पेट्रोल वितरण नगर्दा बजारमा अभाव चर्किएको छ । अत्यावश्यकीय सेवा प्रदान गरिरहेका रहेका राजधानी लगायत आसपासका क्षेत्रका पेट्रोल पम्पहरु अधिकांशमा अहिले ‘पेट्रोल छैन’ भन्ने बोर्ड राखिएको छ ।

आयल निगमले तिहारको विदामा डिपोबाट तेल बजार पठाएको छैन । निगमले कर्मचारी विदामा रहेकाले वितरणमा समस्या भएको स्वीकारेको छ । त्यसैकारण बजारमा सर्वसाधारणले ३ दिन सहजै तेल पाउन सकेका छैनन् ।

केही पम्पहरुमा तेल वितरण भइरहेपनि उपभोक्ताको लामो लाइन छ । मुख्य शहरी क्षेत्रका पम्पहरुमा भने कुनैमा पनि तेल वितरण भएको छैन । लामो दूरीमा निस्कन चाहानेले झनै समस्या भोगेका छन् । समस्या थाहा पाए पनि निगमले अत्यवश्कीय पेट्रोलको अभावलाई सहज गर्न कुनै प्रयत्न गरेको छैन ।