काठमाडौं, १७ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि शहर सफा राख्ने नाममा सरकारले नेपाली राष्ट्रियता झल्किने नारासमेत मेटाएको छ । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भारत विरोधी नारा मेटिएका छन् । यतिसम्म की नेपाली भूमि लिपुलेकको पक्षमा लेखिएको नारासमेत काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले मेटेका छन् ।
मुखर्जीको स्वागतका लागि काठमाडौंका सडकका बिभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सडकका दुबै किनारमा नेपाल र भारतका राष्ट्रिय झण्डासमेत फहराइएको छ ।
अनलाइनखबर बाट