सरकार र गठबन्धनबिच भाषा, सिमाङकन, पहिचान, नागरिकता र प्रदेश शभाका बारेमा मोटामोटी सहमति भएको नेताहरुले बताउदै आएका छन् । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफुसँग छलफल नगरि संविधान संसोधनको प्रक्रिया अगाडी बढाएको भन्दै असन्तुष्टी जनाएको छ । एमालेले पछिल्लो समय गठबन्धनसंग भएको छलफल र संघियतासहित संसोधनको विषयमा सहमति भएको बारेमा पनि असन्तुष्टि जनाएको हो ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले संविधान संसोधनको पुष्टि लिखित रुपमा नै गर्नुपर्ने बताउनुभयो । आफुहरुसंग छलफल गरेर अगाडी जादा संविधान सांसेधन पारित गराउन पनि सजिलो हुने भएकाले सल्लाह गरेर जानुपर्नेमा जोड दिनुभयो ।
पहिले स्थानीय तहको निर्वाचन गराएर त्यसपछि मात्रै संविधान संसोधनको बिषयमा छलफल शुरु गर्दा उत्तम हुने उहाँको भनाई थियो ।
