Indrenionline.com

आज देशभरको मौसम सफा रहने

mausam

काठमाडौं, १६ कात्तिक ।  देशभरिको मौसम मंगलबार सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । अहिले पश्चिमी पहाडी क्षेत्रको मौसम सामान्य बदली भएपनि बिस्तारै खुल्दै जाने मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

दिनभर मौसम सफा रहेने उहाँले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण दिउँसोपछि देशको मध्य र पूर्वी क्षेत्रमा सामान्य बदली हुने र पहाडी क्षेत्रमा छिटफुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि घाम लागेको काठमाडौंको मौसम दिनभरि नै सफा रहने मौसविद अर्यालले बताउनुभयो ।