Indrenionline.com

भाईटिकाको दिन अञ्चल अस्पताल परिसरमा सरसफाई

c4शरद रेग्मी / दाङ १६ कार्तिक । दाङको तुलसीपुरमा संचालन भैरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान अन्र्तगत अज भाईटिकाको दिन अञ्चल अस्पताल परिसर तुलसीपुरमा सरसफाई गरीएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्य आयोजनामा शुरु भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानको एघारौ हप्ताको सरसफाई कार्यक्रम आज अञ्चल अस्पताल परिसरमा गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो ।

दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा संचालन भै रहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापन र सुन्दरतामा उल्लेखनिय सुधार हुदै गएको अध्यक्ष रिजालले बताउनु भयो । उहांले भन्नुभयो“ यो अभियान निरन्तर चल्ले अभियान हो जुन सुकै अवस्था र चाड पर्वको बेलापनि यो निरन्तर चलिरहन्छ” । आज मंगलवार विहान ७ वजे देखि तुलसीपुरको अञ्चल अस्पतालमा सरसफाई गरिएको हो ।

एघारौ हप्ताको सरसफाई अभियान सम्म आइपुग्दा विभिन्न संघ संस्थाहरु, राजनितिक दल , सुरक्षानिकाय, टोल विकास संस्था उद्योगी व्यापारी, व्यवसायीहरुका साथै सर्वसाधारणहरु समेत स्वतःस्फूर्त रुपमा सहभागी हुन थालेका छन । अभियानमा सहभागिहरु सवैलाई आ आफनो घरमा टिकाको तयारि पनी गर्नु पर्ने भएकाले आज ३० मिनेट मात्र सरसफाई गरिएको अभियानका संयोजक बिमल रिजालले जानकारि दिनुभयो ।

भाईटिकाको दिन पनी गरिएको सरसफाईले जुनसुकै अवस्थामा पनी तुलसीपुर बजारको सरसफाईका लागी सरोकारवालाहरु चिन्तीत रहेको समेत सन्देश प्रवाह भएको अभियानमा सहभागिहरुले बताएका छन । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालीकाको संयुक्त आयोजनामा शुरु भएको अभियानमा आज पनी दर्जनौ संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आजको कार्यक्रममा नेपाली सेना , नेपाल प्रहरि , तुलसीपुर नगर जेसीज ,रोटरि क्लब , रोट्र्याक्ट , राधा माधव समिति ,अञ्चल अस्पताल ब्यवस्थापन समित , वह्मकुमारि ईश्वरिय बिश्व बिद्यालय लगाए पत्रकार,संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।