भोपाल– भारतको भोपाल जेलबाट चरमपन्थी समूह सिमीका आठ कार्यकर्ता आइतवार राती फरार भएका छन् । यो घटना निकै अचानक तरिकाले भयो र यसमा एक जना जेलका गार्ड पनि मारिएको प्रहरीले बताएको छ ।
समाचार एजेन्सी पीटीआइका अनुसार चरमपन्थीले गार्डलाई स्टीलका प्लेटले हमला गरेका छन् । स्टूडेन्ट्स इस्लामिक मूभमेन्ट अफ इन्डिया अर्थात सिमी भारतमा प्रतिवन्धित समूह हो । इस्लामीक कट्टरपन्थी फैलाएको यो संगठनमाथि भारत सरकारको आरोप छ ।
भोपाल सरकारले भागेका चरमपन्थी समूहका कार्यकर्तावारे सूचना दिनेलाई पाँच लाख पुरस्कारको घोषणा गरेको छ ।
रातोपाटी बाट